बुधबार, मंसिर १०, २०७७ / Wednesday 25th November 2020

फूलवारी मस्जिदका ११ मध्ये ६० वर्षका पुरुषमा कोरोना, थप एकको रिपोर्ट आउन बाँकी, ९ जनाको रिपोर्ट नेगेटिभ

नेपालगन्ज :  बाँकेमा पहिलो पटक कोरोना संक्रमण पाइएका व्यक्ति नेपालगन्जको एकलैनीस्थित फुलवारी मस्जिदमा स्वाब संकलन गरिएका ६० वर्षका पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
फुलवारी मस्जिदसहित बुधबार दिउँसो अन्सारी मस्जिद, धम्बोझी मस्जिद र सुनारण्डी मस्जिदका गरी ४ वटा मस्जिदबाट ११ जनालाई जम्मा गरेर स्वाब संकलन गरिएको थियो । संक्रमित वृद्ध अन्सारी मस्जिदका रहेको सुरक्षा निकायले जनाएको छ ।

भेरी अस्पतालको कोरोना प्रयोगशालामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा ९ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ भने थप एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
बिहीबार राति ती वृद्धको पहिलो रिपोर्ट पोजेटिभ आएको थियो । भेरी अस्पतालको कोराना प्रयोगशालाले भेरीफिकेसन ल्याबको मान्यता पाएकाले यहाँबाट अर्को प्रयोगशालामा पुनः परीक्षणका लागि पठाउनु पर्दैन । त्यही प्रयोगशालामा लगातार तीन पटकको परीक्षणमा पोजेटिभ देखिएपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । शुक्रबार दिउँसो संक्रमित व्यक्तिलाई खजुरास्थित क्यान्सर अस्पतालकोे आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *