बाँके पूर्ण साक्षर जिल्ला घोषणा

नेपालगन्ज : बाँकेलाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ८ वटै स्थानीय तहमा गरी ९५ प्रतिशतभन्दा बढी साक्षर भएकाले ३१ असार ०७९ मा जिल्ला समन्वय समिति बाँकेको निर्णय अनुसार शनिबार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले घोषणा गरेका हुन् । कार्यक्रममा मन्त्री अथकले शिक्षालाई विकास र उन्नतीको पहिलो र मुख्य खुड्किलो मान्नुपर्नेमा जोड दिए ।