वडाबाट किसानलाई अनुदानमा धानको बिउ वितरण

राप्ती सोनारी-८ मा किसानलाई अनुदानमा धानको बिउ वितरण गरिँदै । फोटो : ममता थापा

ममता थापा । नयाँगाउँ (बाँके)
राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ८ ले किसानलाई अनुदानमा धानको बिउ वितरण गरेको छ ।
वडा अध्यक्ष खुमबहादुर बस्नेतका अनुसार नयाँगाउँ, धर्मोती, ओभरी, पेरानी, बालापुर, खल्लागाउ र अमुवागाउँका किसानलाहरुलाई धानको बिउ वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा वडाभरीका किसानहरुलाई ४० क्वीनटल धानको बिउ वितरण गरिएको बस्नेतले बताए । प्रत्येक किसानलाई एक कठठा जग्गा मा २.५ किलोका दरले बिउ वितरण गरिएको हो ।
वडा कार्यालयबाट अनुदानमा धानको बिउ पाउँदा किसान खुसी भएका छन् । किसान शशीराम खड्का भन्छन्, ‘गत वर्ष झै यो वर्ष पनि वडाबाट नै धान वितरण भएको छ । महामारीको अवस्थामा राहतमा निर्भर हुनुभन्दा उत्पादन बढाएर हामी आफै आत्मनिर्भर हुनुपर्छ ।’ वडा कार्यालयले लकडाउन अवधिभर तीन चरणको राहत वितरण गरिसकेको छ । यसअघि वडाले माक्स पनि वितरण गरेको थियो ।