बाँकेकी सांसद नमुना दोेस्रो पटक मन्त्री नियुक्त

नेपालगन्ज : लुम्बिनी प्रदेशमा प्रत्यक्षबाट प्रदेशसभा सदस्यमा निर्वाचित कृष्णा केसी नमुना दोस्रो पटक मन्त्री भएकी छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेकी नमुनाले पहिलो मन्त्रीपरिषद्मा विभागीय मन्त्रीको अनुभव संगाल्न नपाउँदै राजिनामा दिएकी थिइन् । २८ पुस २०७९ मा विना विभागीय मन्त्रीको सपथ ग्रहण गरेकी नमुनालाई तत्कालीन मुख्यमन्त्री लीला गिरीले एक महिनासम्म विना विभागीय मन्त्रीमा राखेका थिए । २८ पुसमा मुख्यमन्त्री गिरीले नमुनालाई आन्तरिक मामिला तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिए पनि उनले सो मन्त्रालयको सपथ ग्रहण नगरेर राजीनामा गरेकी थिए ।
नेकपा (एमाले)सँगको सत्ता समीकरण परिवर्तन भएपछि गत १४ वैशाखमा माओवादीसहित ८ दलको समर्थनमा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री भएका थिए । माओवादी केन्द्रबाट ८ महिना अघि माओवादीले धनबहादुर मास्की, कृष्णा केसी नमुना र दिपेन्द्र पुन सिजललाई मन्त्री बनाउन औपचारिक पत्र थमाएको थियो । शनिबार मात्र मुख्यमन्त्री चौधरीले नमुनालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका थिए ।

शनिवार नियुक्त मन्त्री नमुनालाई आइतबार लुम्बिनी प्रदेश प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्। नमुना बाँके क्षेत्र नंं. १ (१)बाट प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।