वडा स्तरीय फुटबल : टीकापुर-६, भजनी-५ र राजापुर-६ विजयी

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा सञ्चालित खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिताको मंगलबारको खेलमा टीकापुर-६, भजनी-५ र राजापुर-६ विजयी भएका छन् ।
पहिलो खेल टीकापुर नगरपालिका- ७ बी र राजापुर-६ बीच भएको थियो । प्रतियोगितामा टीकापुर नगरपालिका ७ बीलाई राजापुर-६ ले ४ शून्य गोलले जित हासिल गरेको छ। जसमा राजापुर-६ का विशाल चौधरीले २ गोल गरेका थिए भने अमित चौधरी र अरुण चौधरीले गोल गरेका थिए । प्रतियोगिताको दोश्रो खेलमा भजनी नगरपालिका वाकओभर पाएको थियो । टीकापुर-५ अनुपस्थित भएकाले भजनी-५ विजयी भएको हो । त्यसैगरि अन्तिम खेलमा टीकापुर-६ बी शून्यका विरुद्ध दुई गोलले विजयी भएको थियो । बुधबार जोशीपुर गाउँपालिका-७ र गेरुवा गाउँपालिका-४ का बीच पहिलो खेल, टीकापुर-३ र टीकापुर-१ बी बीच प्रतिष्पर्धा हुनेछ भने तेस्रो खेल मैत्रीपूर्ण खेलका रुपमा सत्तीस्थित कर्णाली मावि र नोबेल पब्लिक बोर्डिङ्ग स्कुलका छात्राहरुको खेल हुने आयोजक समितिका संयोजक महेश रावलले जानकारी दिए ।