आगलागी हुँदा ट्रयाक्टर जलेर नष्ट

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा आगलागी हुँदा ट्रयाक्टर जलेर नष्ट भएको छ ।
प्रहरी चौकी कालाकुण्डाका प्रहरी बरिष्ठ नायव निरीक्षक गोकुल बलायरका अनुसार टीकापुर नगरपालिका ७ कालाकु्ण्डास्थित डाँडागाउँकी धनमाया घर्तिमगरको गोठमा आगलागी हुँदागोठ नजिकै आँगनमा राखिएको नम्बर नखुलेको सोनालिका ट्रयाक्टर, करिब ५ क्विन्टल गहुँ, गहुँको भुसा र पराल जलेर नष्ट भएको हो ।

ट्रयाक्टरको दायाँ पट्टिका अगाडिको र पछाडिको टायर जलेर नष्ट भएको छ । ट्रयाक्टरको वायरिङमा समेत आगलागी भएको छ । करिब दिउँसो ३ बजेको समयमा भएको आगलागी स्थानिय बासिन्दा, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र टीकापुर नगरपालिकाको दमकलको सहयोगका आगो नियन्त्रणमा लिएको थियो ।