जनमत पत्रिकाद्वारा त्रैमासिक रक्तदानको ६१औं श्रृङ्खला पूरा, ४० जनाले गरे रगत दान

नेपालगन्ज : जनमत पत्रिकाले त्रैमासिक रक्तदानको ६१औं श्रृङ्खला पूरा गरेको छ ।
जनमतले शुक्रबार ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. को संयुक्त आयोजना तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेको समन्वयमा शुक्रबार नेपालगन्जमा सम्पन्न त्रैमासिक रक्तदानको ६१औं श्रृङ्खलामा ३७ पुरुष र तीन महिला गरी ४० जनाले रक्तदान गरेका हुन् ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, राप्तीसोनारी गाउँपालिका वडा नं..६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी उपशाखाकी उपाध्यक्ष अमृता केसी, अन्नपूर्ण पोष्ट दैनिकका उप सम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, एभिन्यूज टेलिभिजनका पत्रकार खम्बप्रसाद पुन, साहित्यकार असफाक संघर्ष जसगढ, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, सदस्य होमराज गिरी, लक्ष्मणकुमार वैश्य, निरजमान श्रेष्ठ, दिनेशप्रसाद तमोली, गौतमप्रसाद पौडेल, विनोदकुमार वैश्य, पवनकुमार वैश्य, रामसोहन सोनकर, सुर्खेत वीरेन्द्रनगरका विद्यार्थी समन्त भद्र शाक्यले रक्तदान गरेका थिए ।
त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज उपमहानगरपालिकाका उपाध्यक्ष विष्णुप्रसाद खनाल, धर्मेन्द्रकुमार वर्मा, मनिष श्रेष्ठ, स्वास्थ्यकर्मीद्वय टीकाराम खनाल, जवाहरलाल वर्मा, रामकुमार बढही, रवि परियार, सुष्मिता शाह, विशाल सन्तोषी, उमेश थारु, आशिष थारु, शिवलाल थारु, भगवान शरण यादव, रुस्तम अली दर्जी, दिवाकर पौडेल, दिपेन्द्र उपाध्याय, अमित बोहराले पनि रगत दान गरे ।
आयोजक ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का सञ्चालक तथा कर्मचारीहरु विवेक पराजुली, रुपेश चौधरी, दीपककुमार हरिजन, वाहिद अलि हलवाई, राजेन्द्र थारु, इसराफील साई, प्रणित थापाले पनि रक्तदान गरे ।
कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालका अनुसार सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोमप्रसाद सापकोटा, होमराज गिरी, सञ्जय बढही, वीरेन्द्र योगी र महेश सञ्ज्यालले प्राविधिक र अन्यमा निखिल जायसवालले रक्तदान कार्यक्रममा सहयोग गरेका थिए ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य कमल कार्की, नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष किरण कार्की लगायतको सहभागिता रहेको थियो ।

नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का अध्यक्ष महादेव सिंह ठकुरी र जनमत अद्र्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुकेले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी सोमप्रकाश सापकोटा र होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम सुरु भएको थियो । जनमत पत्रिकाले रजत वर्ष–२०६३ देखि हरेक तीन तीन महिनामा रक्तदान गर्दै आएको छ ।