जुम्लामा माइनस ४.४ डिग्री तापक्रम, हिउँले सेताम्य भए डाँडा (फोटो फिचर)

शब्द/फोटो : शंकरप्रसाद खनालसिंजा जुम्ला
नेपालमा आइतबार सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार जुम्लाको तापक्रम माइनस चार दशमलव चार डिग्री सेल्सियसमा झरेको हो।

यस अघि २८ मंसिरमा माइनस ४.६ र मंसिरको पहिलो सातादेखि नै जुम्लामा माइनस ४ डिग्री सेल्सियस तापक्रम मापन हुँदै आएको छ । अहिले जुम्लाका पहाडहरुमा हिउँ जमेको छ ।

घरको भाँडामा राखेको पानी पनि जमेको छ । आइतबार दिउँसो पारिलो घाम लागे पनि छायाँ भएको ठाउँमा भने हिउँ पग्लेको थिएन । चिसो अत्यधिक भएकाले सडकमा आवतजावत छैन । धेरै अगेनाको वरिपरी झुमेका छन् ।