लुम्बिनी कप महिला फुटबल : कर्णालीको दुई आत्मघाती गोलसँगै ६ गोल अन्तरले एपीएफ सेमिफाइनलमा

नेपालगन्ज : अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालगन्ज रंगशालामा सोमबार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा एपीएफ क्लबले कर्णाली प्रदेश प्रदेश फुटबल संघलाई शून्यका विरुद्ध फराकिलो ६ गोल अन्तरले जित निकाल्दै सेमिफाइनलमा प्रवेश होे । खेलमा कर्णाली फुटबलकी खेलाडी टिना रावतले खेलको १८औं मिनेट र ५० औ मिनेटमा गरी दुई आत्मघाती गोल गरेकी थिइन । एपीएफको लागि ३५औं मिनेटमा एपीएफकी रेनुका अधिकारीले टिमका तर्फबाट पहिलो गोल गरिन् । ३६औं मिनेटमा अनिता केसीले, ४५औं मिनेटमा गीता रानाले र ४६औं मिनेटमा रश्मीकुमारी घिसिङले एपीएफको जितमा गोल गरेका थिए ।

एपिएफले अझै थुप्रै गोल गर्न सक्ने सम्भावना थियो तर कर्णालीका गोल किपर लीला जोशीको प्रस्तुतीले थुप्रै गोल बचाएकी थिइन ।
कर्णालीविरुद्ध एपीएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो । गोलकिपर अञ्जना रानामगरले भने एपीएफका लागि पहिलो डेब्यू गरिन् । उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपीएफ पुगेकी हुन् । दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किशनले लिएकी थिइन् । आजको खेलको म्यान अफ द म्याच रेनुना नगरकोटी घोषित हुन सफल भइन् ।
यस्तै कर्णाली प्रदेश प्रदेश फुटबल संघका कोच असिम खड्काले खेल मैदानको अभावका कारण अभ्यास गर्न नपाउँदा राम्रो नजिता नआएको बताए । उनले अब यो टिमलाई अभ्यस्त बनाएर अगाडि बढाउने बताएका छन । अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघकको सहकार्यमा जारी प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, एपीएफ र रौतहट जिल्ला फुटबल संघ सेमिफाइनलमा पुगेका छन् ।