विश्व प्रेस स्वतन्त्रता दिवसमा महासंघद्वारा प्रभातफेरी र स्वास्थ्य शिविर
नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार नेपालगन्जमा प्रभातफेरी र स्वास्थ्य शिविर गरेको छ । न्यूरोडस्थित सेतु विक चोकदेखि प्रभातफेरी सुरु भएर बसपार्क नजिक रहेको महासंघको कार्यालयमा पुगेर समापन भएको थियो ।
महासंघको कार्यालयमा नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टर नेपालगन्जको सहयोगमा सञ्चालित शिविरमा पत्रकारहरुको किट मार्फत रगत र पिसाब परीक्षण गर्नुका साथै ब्लड प्रेसर जाँच गरिएको थियो ।