चलचित्र पत्रकार संघ बाँकेको अध्यक्षमा फेरि पौडेल !

नेपालगन्ज : चलचित्र पत्रकार संघ बाँके शाखाको अध्यक्षमा अर्को कार्यकालका लागि पनि रामचन्द्र पौडेल निर्वाचित भएका छन् । संघको आइतबार नेपालगन्जमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा पौडेलसहित ११ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन भएको हो । संघको उपाध्यक्ष समीरमान श्रेष्ठ, सचिव लक्ष्मी तिमिल्सेना, उप सचिव रजनी योगी र कोषाध्यक्षमा अमृता जैशी (निशु) निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रामप्रसाद आचार्य, सावित्री विश्वकर्मा, मोहम्मद जावेद हलवाई, गणेश राई, सौरभ राना र मनिषा खत्री चयन भएका छन् । संघ गठन भए यता जिल्लामा चलचित्र पत्रकारिता सम्बन्धी विभिन्न रचनात्मक गतिविधिहरु हुन थालेका छन् ।