टीकापुरमा सुरक्षित भवनका ३ जना जग्गादातालाई सम्मान

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा सुरक्षित भवन निर्माणका लागि जग्गादान गर्ने ३ जनालाई सम्मान गरिएको छ ।
त्यसैगरि टीकापुर नगरपालिका वडा नं. ७ प्रतिपुरमा समुदायमा बहुउद्देश्यीय सुरक्षित आवास निर्माणका लागि एक कठ्ठा दस धुर जग्गा दान गर्ने बिष्णुराम जैशीको परिवारलाई समेत सम्मान गरिएको छ ।उहाँलाई दोसल्ला सहित प्रमाणपत्र ले सम्मान गरिएको हो ।

त्यसै गरि टीकापुर ७ स्थित डाँडाटोल स्थित सुरक्षित सामुदायिक भवनका लागि जग्गादान गर्ने धनबहादुर गरंजाको परिवार सहितलाई पनि दोसल्ला सहित प्रमाणपत्रद्वाराले सम्मान गरिएको वडा सचिव कमला पोख्रेलले जानकारी दिनु भयो । गरंजाको परिवारले २०७७ साल पौष २२ गतेका दिन तत्कालिन वडा अध्यक्ष रामलाल डगौरा थारुको पहलमा एक कठ्ठा जमिनदान गर्नु भएको थियो ।

टीकापुर ७ प्रतिपुरमा सुरक्षित भवन निर्माणका लागि दस धुर जग्गा दान गर्ने जग्गादाता साधुराम थारुलाई दोसल्ला सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको हो । थारुले वडा न ७ लाई तत्कालिन वडा अध्यक्ष रामलाल डगौरा थारुको पहलमा २०७५ साल कार्तिक २० गतेका दिन १० धुर जग्गादान गर्नु भएको थियो ।
तिनै स्थानमा भएको कार्यक्रम टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो । भने कार्यक्रममा वडा सदस्य कैलशपति चौधरी, राजकुमार चौधरी , टोल बिकास संस्थाका अध्यक्ष कल्पना ढुङ्गाना, डीएबीसी कैलालीका अध्यक्ष भोजराज ढुङ्गाना, जनता रामाविका प्रअ किरण धिताल, समाजसेवी नरेन्द्र रेग्मी, रत्नप्रसाद पाण्डेय लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वक्ताहरुले जग्गदान गर्ने दानवीरलाई धन्यवाद दिएका थिए । कार्यक्रममा तिनै वटा सामुदायिक सुरक्षित भवनमा जग्गादाताहरको शिलालेख स्थापना गरि अनावरण समेत गरिएका छन्।