लायन्स डिस्ट्रिक ३२५ एनको गभर्नरमा चपाईँ

नेपालगन्ज : लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एन नेपालको नयाँ गभर्नरमा सुर्खेतका टीकाराम चपाईँ निर्वाचित हुनु भएको हो । शनिबार नेपालगन्जमा सम्पन्न डिस्ट्रिक ३२५ एनको चौथो राष्ट्रिय अधिवेशनले चपाईँलाई गभर्नरमा निर्वाचित गरेको हो । त्यसैगरी अधिवेशनबाट फस्ट भाइस डिष्ट्रिक गभर्नरमा महेन्द्रनगरका डा.नेत्रराज चटौत र सेकेन्ड भाइस डिष्ट्रिक गभर्नरमा बाँकेका चिन्तामणि धिताल पनि निर्वाचित हुनुभयो ।
नवनिर्वाचित गभर्नर चपाईँले आफ्नो टिम पनि शनिबार नै घोषणा गर्नुभयो । डिस्ट्रिकको सचिवमा हरिहर बस्नेत, कोषाध्यक्षमा छविलाल आचार्य र एनसीआइएफ कोअर्डिनेटरमा उमा थापा मगरलाई मनोनयन गरिएको छ ।
त्यसैगरी चार वटा एरियाबाट एरिया चिफ र ओएजी पनि मनोनयन गरिएको छ । एओजीहरु एरिया नं. २ बाट मधुसूधन बैद्य, एरिया नं. ३ बाट पवित्रा खड्का, एरिया नं. ४ बाट पुष्करबहादुर खड्का र एरिया नं. ५ बाट घनश्याम चौधरी मनोनित हुनु भएको छ । त्यसैगरी ४ वटा एरिया चिफहरु मनोनित भएकोमा २ नं. एरियाबाट भरतराज खड्का, एरिया नं. ३ बाट ज्ञानुकुमारी सुवेदी, ४ नंं. एरियाबाट विन्दु चर्तिमगर र ५ नं. एरियाबाट प्रकाश खड्का हुनु भएको छ ।
चार वटै एरियाबाट पीआरओ पनि मनोनित हुनु भएको छ । मनोनित हुनेहरुमा एरिया नं. २ बाट खिमप्रसाद पार्धे, एरिया नं. ३ बाट सुमन कार्की, एरिया नं.४ बाट विष्णुप्रसाद श्रेष्ठ र एरिया नं. ५ बाट संजिता कुँवर रहनु भएको छ । एरिया नं. १ अन्तगर्त काठमाडौंका ७ वटा क्लब रहेका छन् ।








