उद्योगपति र समाजसेवी खनाललाई लायन्सको सम्मान

नेपालगन्ज : लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एन नेपालले उद्योगपछि प्रदीप छाजेड र समाजसेवी खनाललाई सम्मान गरेको छ ।
शनिबार नेपालगन्जमा सम्पन्न डिस्ट्रिक ३२५ एनको चौथो राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथि बालकृष्ण बुर्लाकोटी र गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले के.एल. दुगडमा आबद्ध छाजेड र नील सेवा आश्रमका अध्यक्ष खनाललाई सम्मान गर्नु भएको हो । गभर्नर श्रेष्ठले आफ्नो कार्यकालमा सघाउने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पनि सम्मान गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
बन्द शत्रमा सचिव नरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष भीम सुवेदीको आर्थिक प्रतिवेदन पनि पारित गरेको थियो । पूर्व गभर्नर मधुसूधन शर्माले प्रस्तुत गरेको लायन्स धरम भकारी कोष कार्यविधिपनि सर्वसम्मत् रुपमा पारित भएको थियो ।