टीकापुरमा बाढीको कृत्रिम नमुना अभ्यास
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा बाढीको कृत्रिम नमुना अभ्यास गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्लाको शाखाद्वारा टीकापुर ७ बैदीस्थित कुन्तीपुर गाउँमा बिहीबार बाढीको कृत्रिम घटना अभ्यास गरिएको हो ।
कृत्रिम घटना अभ्यासमा बाढी आउनु पूर्व गरिने तयारी, सुरक्षित स्थान, बाढीपछिको अवस्थाबारे जानकारी दिइएको थियो । पूर्व सूचना कार्यदल, खोज तथा उद्दार कार्यदल, प्राथमिक उपचारको कार्यदल र जोखिम लेखाजोखा कार्यदल आ आफ्नो भूमिकामा निर्वाह गर्नु भएको थियो। वर्षायाम आउनसक्ने बाढी प्रकोपको क्षतिलाइ कम गर्नका लागि समुदायमा पहिले सुरक्षित स्थानको पहिचान आवश्यक कागजात, सुख्खा खाजा झटपट झोला, बालबालिका, वृद्धा, गर्भवती, सुत्केरी, अपाङ्गता भएका ब्यक्तिहरुलार्इ कसरी सुरक्षित गर्न सकिन्छ भनेर पहिले नै पूर्व तयारीको अभ्यास गरिएको थियो । टीकापुर नगरका विपद शाखा फोकल ब्यक्ति निर्मला चौधरीले जोखिममा रहेका समुदायले यस्तो घटना अभ्यासमा प्रत्येक वर्ष निरन्तर गरिरहनु पर्ने बताउनु भयो । सहभागीबाट लीलादेवी मल्लले आफ्नो समुदायमा सधैं बाढीले गर्दा क्षति गर्दै आएको र यसरी पहिले नै पूर्व तयारी गर्दा विपदको समयमा सजिलो हुने अपेक्षा राख्नु भएको थियो । त्यस्तै, नेरेसो कैलाली जिल्लाका लोटन चौधरीले यस कृत्रिम घटना अभ्यासले समुदायमा सहयोग पुग्ने र नेरेरसो विपदको समयमा सधैं समुदायसँगै हुने बताउनु भयो।
जिविकोपार्जन र जैविक विविधतामा समुदायको शसक्तिकरण इकोल्याब परियोजना अन्तर्गत समुदायमा लाभग्राही पशुपालन, अन्य ब्यावसाय पनि गर्दै आएका जानकारी दिनु भएको छ । कृत्रिम घटना अभ्यासका सहजकर्ता भोजबहादुर मान्नीले सम्पूर्ण कार्यदलले राम्रो अभ्यास गरेको आगामी दिनमा पनि साबिक विपदको समयमा त्यत्तिकै प्रभावकारी गर्नुपर्ने बताउनु भयो । अन्तिममा टीकापुर ७ का वडा सदस्य राजकुमार चौधरीले हाम्रो यस बाढी पीडित क्षेत्रमा बाढीबाट हुने क्षति धेरै रहेकाले विभिन्न समुदायका सम्पूर्ण ब्यक्ति आफै सजग हुन आवश्यक रहेको बताउनु भयो ।
उक्त कार्यक्रम टीकापुर ७ का वडा सदस्य राजकुमार चौधरीको अध्यक्षतामा, वडा सदस्य आइतीदेवी सुनार, टीकापुर नगरपालिका विपद शाखा फोकल ब्यक्ति निर्मला चौधरी, नेरेसो कैलाली जिल्ला इकोल्याब परियोजना कार्यक्रम अधिकृत लौटन चौधरी, बडघर, चिराकी, च्याम्पियन, विपद व्यवस्थापन समितिको, समुदायका व्यक्ति ७० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यक्रमको सजहजीकरण इकोेल्याब परियोजनाका सामाजिक परिचालक अनिता धामीले गर्नु भएको थियो ।









