हक्की प्रतियोगिता : पुरुषतर्फ महेन्द्र पार्क र महिलातर्फ त्रिभुवन चोक क्लबलाई उपाधि

नेपालगन्ज : प्रथम मेयर कप हक्की प्रतियोगितामा पुरुषतर्फ महेन्द्र पार्क क्लब र महिलातर्फ त्रिभुवन चोक क्लबले उपाधि जितेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा पूर्वखेलाडी समाज बाँकेले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा पुरुषतर्फ महेन्द्र पार्क क्लबले बाँके गाउँ क्लबलाई शुन्यको बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै प्रथम हुन सफल भयो भने महिलातर्फ त्रिभुवन चोकले बाँके गाउँ क्लबलाई १ को बिरुद्ध ३ गोलले पराजित गर्दै प्रथम हुन सफल भयो ।
प्रतियोगिता अवधिभर राम्रो प्रदर्शन गरेका मोहम्मद अनस अन्सारी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने, महिलातर्फ तनीसा अन्सारी उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
त्यस्तै प्रतियोगिता अवधिभर ८ गोल गर्न सफल अनन्या बर्नवाल महिलातर्फ सर्बाधिक गोलकर्ता घोषित हुनुभयो भने पुरुषतर्फ ४ गोल गर्न सफल भएका रेहान अन्सारी सर्बाधिक गोलकर्ता पुरुष घोषित हुनु भयो । विजयी खेलाडीहरुलाई समाजका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ, प्रमुख अतिथी, अतिथी लगायत अन्य अतिथिहरुले पुरस्कार, प्रमाण पत्र, पदक र ट्रफी वितरण गर्नु भएको थियो । बिहिवारदेखि नेपालगञ्जमा सुरु भएको प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको थियो ।