नेपालगन्जमा लायन्स बाल वाटिका
नेपालगन्ज : लायन्स क्लबले नेपालगन्जमा बाल उद्यान निर्माण गरेको छ । लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ सँग सहकार्य गरेर न्युरोडमा रहेको खानेपानी संस्थान परिसरमा लायन्स बागेश्वरी गौतम बुद्ध खुल्ला जिम तथा बाल वाटिका निर्माण गरेको हो ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले मंगलबार बाल वाटिका नेपालगन्ज ४ का वडाध्यक्ष गोेपाल पुनलाई हस्तान्तरण गर्नु भएको हो ।
वाटिकामा वडा कार्यालयले खुला जिम बनाउँदै छ भने लायन्स क्लबले चिप्लेटी, पिङ लगायत बच्चाहरुले खेल्ने सामग्री राखेको छ । क्लबले आवश्यकता अनुसार वाटिकामा खेल्ने सामग्री थप गर्दै जाने जनाएको छ ।









