लायन्स डिस्ट्रिक्ट ३२५ एनका गभर्नर चपाईद्वारा पद बहाली

नेपालगन्ज : लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपालका गभर्नर टीकाराम चपाईले पद बहाली गर्नु भएको छ । डिस्ट्रिक्ट मुख्यालय नेपालगन्जमा शुक्रबार आयोजित समारोहमा निवर्तमान गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले पद हस्तान्तरण गरे लगत्तै चपाईले पद बहाली गर्नु भएको हो ।

पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले गभर्नर भनेको एक जना ब्यक्ति मात्र भएको भन्दै सबै सिनियर लायन्स लिडरहरुलाई स्मरणीय सेवाका कामहरुमा लाग्न आग्रह गर्नुभयो । उहाँले पूर्व गभर्नरको ज्ञानलाई बाँड्न परिषद् गठन गरेर एउटा एउटा जिम्मेवारी दिन लागेकाले स्वीकार्न पनि आग्रह गर्नुभयो ।
गभर्नर चपाईलाई पूर्व मल्टिपल डिस्ट्रिक्ट चिफ सि.बी.चन्द र मल्टिपल को-अर्डिनेटर मुधसूधन शर्माले बधाइ मन्तव्य दिनु भएको थियो । सो समारोहमा डिस्ट्रिक्टका पूर्व गभर्नरहरु शेमराज शाक्य र मुकुट ढकालले पनि गभर्नर चपाईलाई बधाइ दिनु भएको थियो ।

सोही समारोहमा डिष्ट्रिक्कका प्रथम भाइस गभर्नर नेत्रराज चटोत र डिष्ट्रिक्6 द्वितीय भाइस गभर्नर चिन्तामणि धितालले पनि पद बहाली गर्नु भएको थियो । डिष्ट्रिक्ट सचिव हरिहर बस्नेत र कोषाध्यक्ष छविराज आचार्यलाई पनि निवर्तमान सचिव नरेन्द्र श्रेष्ठ र भीम सुवेदीले पद हस्तान्तरण गर्नु भएको थियो ।

यसअघि लायन्स इन्टरनेशनलको हङकङमा आयोजित १०८औं अधिवेशन सम्पन्न गरेर स्वदेश फर्किनु भएका गभर्नर चपाईलाई डिस्ट्रिक्टका निवर्तमान गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठ, डिस्ट्रिक्टका द्वितीय भाइस गभर्नर चिन्तामणि धिताल, पूर्वगभर्नर शेमराज शाक्य, मधुसूधन शर्मा रिजाल, मुकुट ढकाल लगायत सिनियर लायन्स लिडर, एरिया, रिजन, जोन, लबका अध्यक्ष र पदाधिकारीले राँझास्थित नेपालगन्ज विमानस्थलमै पुगेर भव्य स्वागत गर्नु भएको थियो ।

युनिटीले बनाउँदै लायन्स कल सेन्टर
लायन्स क्लब अफ नेपालगन्ज युनिटीले बिरामीको सुविधाको लागि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।
क्लबका अध्यक्ष अञ्जु खड्का र सचिव डा. विनोद कर्णले साउनको पहिलो साता कल सेन्टर उद्घाटन गर्न आउन गभर्नर चपाईलाई निम्तो दिनु भएको थियो । डा.कर्णले कल सेन्टरबाट पहाड र दूरााजबाट आएका बिरामीको आफूले पाउने सेवाबारे जानकारी पाउने डा.कर्णले बताउनु भयो । गभर्नर चपाईले क्लबले उदाहरणीय कामको थालनी गर्न लागेको भन्दै प्रशंशा गर्नु भएको थियो ।

क्लब पदाधिकारी स्कुलिङको रिपोर्ट हस्तान्तरण
सोही समारोहमा एरिया नं. ४ ले हालै सम्पन्न क्लब पदाधिकारी स्कुलिङ कार्यक्रमको रिपोर्ट एरिया चिफ विन्दु चर्ती मगर र सचिव शंकरप्रसाद खनालले गभर्नर चपाईलाई हस्तान्तरण गर्नु भएको थियो । गभर्नरको अनुपस्थितिमा पहिलो पटक डिष्ट्रिक्टमा क्लब पदाधिकारी स्कुलिङ सम्पन्न भएको थियो ।