नेपालगन्ज उद्योेग वाणिज्य संघको भदौ १ मा निर्वाचन हुने
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघमा आगामी भदौ १ गते नयाँ नेतृृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।
संघको शनिबार नेपालगन्जमा सम्पन्न बैठकले आगामी ३१ साउनमा साधारणसभा र १ भदौमा निर्वाचन गर्ने निर्र्णय गरेको अध्यक्ष टंकबहादुर धामीले जानकारी दिनुभयो । संघले ७ दिनभित्र सदस्यता नविकरण गर्न पनि आग्रह गरेको छ ।









