लायन्स क्लब खजुराद्वारा शक्तिपीठ बागेश्वरीको महाआरतीमा फ्रि हेल्थ डेस्क सञ्चालन
नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज खजुराले महाआरतीमा आउने भक्तजनलाई निःशुल्क हेल्थ डेस्क सेवा सुरु गरेको छ । यो सेवा साउन महिनाको ४ वटा सोमबार र भदौमा एउटा गरी ५ वटा महाआरतीको समयमा हुनेछ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालको इमिडिएट पास्ट गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले साउन महिनाको पहिलो सोमबारको महाआरतीको बेला स्वास्थ्य सेवाको शुभारम्भ गर्नु भयो ।
कार्यक्रममा सेकेण्ड डिष्ट्रिक गभर्नर चिन्तामणि धिताल, डिष्ट्रिक एक्जुकेटिभ चिफ उमा थापा मगर, एरिया नं. ४ का एरिया चिफ विन्दु चर्ती मगर, एरिया सचिव शंकरप्रसाद खनाल, जोन चेयर पर्सन कृष्ण अधिकारी, लियो क्लबका भाइस डिष्ट्रिक प्रेसिडेन्ट वसन्त बस्नेत लगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य डेस्कमा पूर्वमन्त्री प्रेमबहादुर भण्डारीसहित १३५ जनाले ब्लड प्रेसर . र सुगर जाँच गरेको क्लबका सचिव कमला वलीले जानकारी दिनु भयो ।

क्लबका अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागेश्वरी गुठी व्यवस्थापन समितिका सदस्य तथा महाआरती उपसमितिका संयोजक सुनिल सिंह हमालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।









