अन्तिम साउने सोमबारमा बागेश्वरी परिसरमा बिरुवा दान !

नेपालगन्ज : दैलेखी समाज बाँके र नेपाल दशनामी समाज बाँकेले साउनको अन्तिम सोमबार शक्तिपीठ बागेश्वरी परिसरमा बिरुवा वितरण गरेका छन् ।
समाजका अध्यक्ष पूूर्णदेव गिरीका अनुसार अमला, तेजपत्ता, गुलमोहर, इपिलिपी लगायतका विभिन्न प्रजातिका फल र फूलका ५५० वटा विरुवा वितरण गरिएको हो । वितरण गरिएका विरुवा शम्शेरगन्ज र डिभिजन वन कार्यालय बाँकेबाट संकलन गरिएको थियो । अन्तिम साउने सोमबारको महाआरतीको दर्शन गर्न आएका भक्तजनले आफूलाई आवश्यक परे अनुसारको विरुवा लिएका थिए । महाआरतीमा जय जयकार गर्दा फलफूलका बिरुवासहित हात उठाउँदा परिसर हरियो देखिन्थ्योे ।