मोतीराम भट्टको जन्मजयन्तीमा नेपालगन्जमा बहुभाषी गजल गोष्ठी

नेपालगन्ज : नेपाली साहित्यका अग्रणी व्यक्तित्व मोतीराम भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा नेपालगन्ज बहुभाषिक गजल गोष्ठी भएको छ ।
महेन्द्र पुस्तकालय नेपालगन्जको अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजना तथा उर्दु साहित्यिक संस्था गुल्जार–ए–अदबको सहकार्यमा शनिबार महेन्द्र पुस्तकालयको सभाकक्षमा बहुभाषिक गजल गोष्ठी आयोजना गरिएको हो ।
कार्यक्रममा अब्दुल लतीफ ‘शौक’, सनत रेग्मी, खगेन्द्र गिरी ‘कोपिला’, सैय्यद अशफाक रसूल हाशमी ‘सैय्यद नेपाली’, हरि तिमिल्सिना, सरवर नेपाली, मेराज अहमद हिमालय, मो.आरिफ अन्सारी, मीना सुवेदी ढकाल, हरि सुवेदी, विष्णुलाल कुमाल, नुरुल हसन राई, साहिदा शाह वाहिदी, ज्याउल हक हल्वाई, अनिश शाह, समीर अली, ऋचा लुईंटेल, कपिल अन्जान, प्रा. डा. कृष्णप्रसाद घिमिरे, नरेन्द्रबहादुर स्वाँर, खेम बगर, वकील परिवर्तन, लेखप्रसाद प्याकुरेल, अर्चना पाठक, जमील हाशमी र नसीम कादरीलगायत २५ जनाभन्दा बढी बहुभाषिक साहित्यकारले नेपाली तथा उर्दु भाषाका आ–आप्mना गजल तथा रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रममा
मोतीराम भट्टको साहित्यिक योगदानबारे प्राज्ञ तथा साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’, प्राज्ञ किरण आचार्य तथा सरवर नेपाली र हरि तिमिल्सिनाले चर्चा गर्नुभएको थियो ।
उर्दु भाषाका वरिष्ठ शायर तथा गुल्जार–ए–अदबका संस्थापक अब्दुल लतीफ ‘शौक’को प्रमुख आतिथ्यता तथा महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ तथा आख्यानकार सनत रेग्मी, प्राज्ञ तथा वरिष्ठ साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’, प्राज्ञ तथा साहित्यकार किरण आचार्य, वरिष्ठ साहित्यकार सैय्यद अशफाक रसूल हाशमी ‘सैय्यद नेपाली’ तथा नेपालगन्ज पूर्व नगर प्रमुख एवं वरिष्ठ अधिवक्ता विजयकुमार गुप्तालगायत विशिष्ट व्यक्तिका साथै
नेपाली, उर्दु, अवधि तथा देउडा साहित्यका विभिन्न विधामा सक्रिय साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन महेन्द्र पुस्तकालयका सचिव सतिश निरौलाले र गजल वाचन कार्यक्रमको सञ्चालन गुल्जार–ए–अदबका महासचिव तथा महेन्द्र पुस्तकालयका कार्यसमिति सदस्य मोहम्मद आरिफ अन्सारीले गर्नु भएको थियो ।