जनमत रक्तदान ७१औं श्रृङ्खला : ६३ जनाद्वारा रक्तदान

नेपालगन्ज : जनमत त्रैमासिक रक्तदानको ७१औं श्रृङ्खलामा बाँकेमा ६३ जनाले रक्तदान गरेका छन् । गोपाल-नीना फाउण्डेशन नेपाल र जनमत अद्र्धसाप्ताहिकले शनिबार नेपालगन्जमा संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालका अनुसार रक्तदान गर्नेहरुमा अन्नपूर्ण राष्ट्रिय दैनिकका उपसम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरे, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मनबहादुर केसी, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी उपशाखाका उपाध्यक्ष अमृता केसी, अवधि पत्रकार संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, प्रहरी अस्पताल नेपालगन्जका डा. राहुल कुर्मी, नियमित स्वयम्सेवी रक्तदाता लक्ष्मणप्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवनकुमार प्रसाद वैश्य, विनोदकुमार वैश्य, गौतमप्रसाद पौडेल र होमराज गिरीले रक्तदान गर्नु भएको थियो ।

नियमित स्वयम्सेवी रक्तदाताहरु एसओएस नेपालगन्जकी सहनिर्देशक मीना तुलाधर, एसओएस नेपालगन्जकी सविना नेपाली, नेपाल रेडक्र सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रहलाद बिश्वकर्मा, प्राविधिक महेश राना क्षेत्री, सुनिल रत्गैया, सन्दिप आचार्य, सञ्जय बढही, आरम्भ वैश्य, वीरेन्द्र पुन, रेशम चौधरी, ओमप्रकाश न्यौपाने र दैनिक नेपालगन्जका संवाददाता सजल गैरेले पहिलो पटक रक्तदान गरेको जनमत अद्र्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुकेले जानकारी दिनुभयो ।

त्रैमासिक रक्तदान कार्यक्रमको गोपाल–नीना फाउण्डेशन, नेपालका सहनिर्देशक डा.तृप्ती पाल रमण, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।
उक्त कार्यक्रमका लागि डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, कला कृति, सेभेल क्याफे लगायतले समन्वय र सहकार्य गर्दै आएको छ । कार्यक्रममा डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप) का परिकल्पनाकार ई. प्रज्वल चुके, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्री, सुर्खेतका नागरिक अगुवा खड्क रेग्मी लगायतको सहभागिता थियो ।
कार्यक्रमलाई सफल पार्न गोपाल–नीना फाउण्डेशनका जनसम्पर्क अधिकृत विजयन्द्र जि.सी., फाउण्डेशनका कार्यालय सहायक दक्षिणा क्षेत्री, एलिना बुढाथोकी, साछी सिंह, महिपत चौधरी, नागेन्द्र शाह, जगदीप चौधरी लगायतले सक्रिय सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोमप्रसाद सापकोटा, होमराज गिरी, महेश राना क्षेत्री, मनिषा रेग्मी, रश्मी रेग्मी, दीपा थापा, ओमप्रकाश गोडिया र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।