नेपालगन्जका ३ लायन्स क्लब अध्यक्षद्वारा पदभार ग्रहण
नेपालगन्ज : बाँकेका ३ वटा लायन्स क्लबका अध्यक्षले पदभार ग्रहण गरेका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपाल एरिया नं. ४ को नेपालगन्जमा रहेका लायन्स क्लब अफ नेपालगन्ज, लायन्स क्लब अफ नेपालगन्ज पञ्चशील र लायन्स क्लब अफ नेपालगन्ज सिटीले बुधबार संयुक्त रुपमा क्लब अफिसर इन्टलेसन तथा इण्डक्सन प्रोग्राममा पद हस्तान्तरण र पदभार ग्रहण गरेका हुन् ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपालका गभर्नर टीकाराम चपाईले नवनिर्वाचित क्लब अध्यक्ष र पदाधिकारीलाई शपथ ग्रहण गराउँदै बधाइ तथा कार्यकालको सफलताको कामना गर्नु भएको थियो । उहाँले क्लब अध्यक्षहरुलाई स्मरणीय सेवाका कार्य गर्न प्रेरणा पनि दिनु भएको थियो ।
कार्यक्रममा सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर चिन्तामणि धितालले नयाँ सदस्यहरुलाई स्वागत गर्दै लायन्स क्लब, यसका कार्य र लायन्स सदस्यको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मल्टिपल कोर्डिनेटर मधुसूदन शर्मा, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर चिन्तामणि धिताल, पिडीजी मुकुट ढकाल, सिबी चन्द र सिनियर डिष्ट्रिक एक्जुकेटिभ चिफ गोविन्द अधिकारी लगायतले नवनिर्वाचित क्लब अध्यक्षहरुहरुलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्जका निवर्तमान अध्यक्ष यज्ञबहादुर बस्नेत, लायन्स क्लब अफ नेपालगन्ज पञ्चशीलका अध्यक्ष श्यामकुमार अधिकारी र लायन्स क्लब अफ नेपालगन्ज सिटीका अध्यक्ष खड्गबहादुर बोहोराले आफ्नो कार्यकालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष सतिशकुमार अग्रवाल, लायन्स क्लब अफ नेपालगन्ज पञ्चशीलका अध्यक्ष किशोरकुमार पाण्डे र लायन्स क्लब अफ नेपालगन्ज सिटीका अध्यक्ष सुरेन्द्र गुप्ताले आगामी एक वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
पहिलो शत्रको अध्यक्षता लायन्स क्लब अफ नेपालगन्जका निवर्तमान अध्यक्ष यज्ञबहादुर बस्नेत र दोस्रो शत्रको अध्यक्षता लायन्स क्लब अफ नेपालगन्जका अध्यक्ष सतिशकुमार अग्रवालले गरेको कार्यक्रमको सञ्चालन भावना सापकोटा र सुरज भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा तारा रेग्मी खत्रीले झण्डाको अभिभादन र तेजबहादुर रावलले स्वागत गर्नु भएको थियो ।
भेरी प्राविधिक शिक्षालयका छात्राद्वय दीपा योगी र दीपा मगरले मनमोहक नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्नु भएको थियो ।
नीलसागरलाई १५ वटा सिलिङ पंखा सहयोग
सोही समारोहमा नीलसागर आश्रमको नेपालगन्जमा निर्र्माणाधीन भवनका लागि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका गभर्नर टीकाराम चपाईले २५ हजार रुपैयाँ बराबरको १० वटा पंखा र सेकेण्ड सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर चिन्तामणि धितालले ५ वटा पंखा सहयोग गर्नु भएको थियो । गभर्नर चपाईले नीलसागर भवन निर्माण समितिका संयोजक शेमराज शाक्यलाई ती पंखा हस्तान्तरण गर्नु भएको थियो ।








