दाङको घोराहीमा लायन्सको दोस्रो क्याबिनेट बैठक सुरु

घोराही (दाङ) : लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालको दोस्रो क्याबिनेट बैठक दाङको घोराहीमा सुरु भएको छ ।
डिष्ट्रिक गभर्नर टीकाराम चपाईले उद्घाटन गरेको शनिबारको प्रि क्याबिनेट बैठकमा ५ वटा एरियाका जोन र रिजन चेयर पर्सनले रिपोर्टिङ गरेका थिए । उनीहरुले विगत ५ महिनामा गरेका काम र उपलब्धीबारे जानकारी दिएका थिए । क्लबले सञ्चालन गर्ने परियोजनाबारे पनि डिष्ट्रिकमा प्रस्ताव पेश गरेका थिए । आइतबार भने क्याबिनेट बैठक बस्दैछ । आजको बैठकमा डिष्ट्रिक गभर्नर चपाईले सेवाका क्षेत्रमा काम गर्दा स्मरणीय सेवाका कामहरु गर्न सुझाउनु भएको थियो ।

कार्यक्रममा इमिडियट पास्ट डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठ, पीडीजी मुकुट ढकाल, शेमराज शाक्य, फस्ट डिष्ट्रिक गभर्नर डा.नेत्रराज चटोत, सेकेण्ड डष्ट्रिक गभर्नर डा.नेत्रराज चटोत, सेकेण्ड डिस्ष्टि गभर्नरले बैठक सफलताको कामना गर्नु भएको थियो ।