नेपालमा लक्षण हुने संक्रमित २ प्रतिशत

नेपालगन्ज : नेपालका संक्रमितमध्ये २ प्रतिशतमा मात्र कोरोनाका लक्षण देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह आयोजना गरेको प्रेस ब्रिफिंगमा इमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले दिएको जानकारी अनुसार ९८ प्रतिशत संक्रमितमा मात्र कोरोनाका लक्षण देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ९ हजार २६ जना संक्रमित पुगेका छन् । यसको दुई प्रतिशत एक सय ८० जना हुन्छ । अर्थात कूल संक्रमितमध्ये झन्डै दुई सयको हाराहारीमा मात्र संक्रमितमा लक्षण देखिएको छ । नेपालका कूल संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका छन् । त्यसमा पनि भारतबाट आएका सबैभन्दा धेरै रहेको निर्देशक पाण्डेले बताए । विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना देखिएकाले समुदायस्तरमा कोरोना फैलिनबाट जोगिएको महाशाखाले जनाएको छ ।