नदी कटानको जोखिममा राजापुर (फोटो फिचर)


शक्ति परियार । राजापुर

बर्दियाको राजापुर क्षेत्र नदी कटानको जोखिममा परेको छ । कर्णाली नदीमा पानीको सतह बढेसंगै कटानका कारण तटबन्ध भत्काएपछि (बाँध) फुट्ने खतरा बढेको हो । राजापुर नगरपालीका ३ स्थित नंगापुरमा कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको तटबन्धको झण्डै ९० प्रतिशत भाग भत्काएको छ । तटबन्ध भत्काउँदै जाँदा बाँध फुट्ेर नदी जुनसुकै बेला गाउँ पस्ने खतरा बढेको हो ।

केहीदिन यता परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीकोे बाहव उच्च भएकाले नदीले कर्णाली नदीको पानी जुनसुकै बेला बस्तीमा पस्न सक्ने र जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले राजापुर नगरपालीकाका वडा नं ३, ४ र ७ का बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले नदीले कटान गरेको क्षेत्रमा अस्थायी तटबन्धको व्यवस्था मिलाउन कर्णाली नदी व्यवस्थापन आयोजनालाई निर्देशन दिनुका साथै स्थानिय बासिन्दाहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह समेत गरिएको बताए । अहिले उक्त स्थानमा जनपथ, सशत्र प्रहरी र जनप्रतिनीधि स्थानिय बासिन्दाहरु अस्थायी तटबन्ध बनाउनमा जुटेका छन् । स्थानीय बासिन्दाहरु भने खाद्यान्न, लत्ता कपडा लगायत घरका सामानहरु सुरक्षित स्थान तर्फ सारिरहेका छन् । पछिल्लो समयमा तटबन्धनका लागि हजारौं बोराको प्रयोग गरिएको भएपनि प्रभावकारी नभएको बड्घर नुन्कलाल चौधरीले बताए । नंगापुर क्षेत्रमा सोमबार देखि बाढीको खतरा बढ्दै गएपछि राजापुर क्षेत्रका सुरक्षाकर्मि तथा स्थानीय जनप्रतिनिधीहरु मंगलबार बिहानै देखि खटिराखेका छन् ।

  

फोटोहरु: शक्ति परियार र बिष्णुप्रसाद अधिकारी, राजापुर