नेपालगन्जका उप–प्रमुखको तीज शुभकामना सन्देश : घरमै बसेर तीज मनाऔं

नेपालगन्ज : नेपालगन्ज उमहानगरपालिका उप–प्रमुख उमा थापा मगरले घरमै तीज मनाउन नगरवासीसँग आग्रह गरेकी छन् ।
बिहीबार तीजको शुभकामना सन्देश दिँदै उपप्रमुख मगरले भौतिक दुरी, मास्क प्रयोग, पटक–पटक साबुन पानीले हात धुने कार्य आफूले गर्न र अरुलाई सिकाएर सहयोग गर्न पनि आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘कोभिड–१९ को महामारीका कारण हरेक वर्ष झैं तीजको अवसरमा गरिने जमघट, भेला र पूजाआजा घरभित्र नै सुरक्षित भएर मनाउन म सम्पूर्ण दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।’