शुक्रबार र शनिबारको निषेधाज्ञा हटाउन माग

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बाँके जिल्लामा हरेक शुक्रबार र शनिबार लगाउँदै आएको निषेधाज्ञा हटाउन माग गरेको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बिहीबार बसेको कार्यसमिति बैठकले निषेधाज्ञाले गर्दा बाँकेको उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा बिक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै आगामी १ असोजदेखि लागू हुने गरी निषेधाज्ञालाई पूर्ण रुपमा हटाउने विषयमा पनि पुर्नविचार गर्न माग गर्ने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले बताए ।