बाँकेमा कूल संक्रमित १८०२ र निको हुने १४३४, आइतबार २३ डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा आइतबार २३ जना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार १२ पुरुष र ११ महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरु १० जना नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको चिसापानी आइसोलेसन, ६ जना होटल सिटी प्यालेस आइसोलेसन, ५ जना भेरी अस्पताल नेपालगन्ज र २ जना होटल न्यू इन्द्रेणीको आइसोलेसनका हुन् । योसँगै बाँके जिल्लामा कोरोना निको हुनेको संख्या एक हजार चार सय ३४ पुगेको छ । जिल्लामा कुल कोरोना संक्रमितको संख्या एक हजार ८ सय २ रहेकोमा तीन सय ६६ जना आइसोलेसनमा छन् । कोरोनाबाट जिल्लामा १२ जनाको ज्यान गइसकेको छ ।