एकै वडाका १० सहित टीकापुरमा २१ मा कोरोना

टीकापुर : कैलालीको टीकापुरमा आइतबार एकैदिन २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार १४ पुरुष र ७ जना महिला गरी २१ जनामा कोरोना पुष्टि भएको हो । टीकापुर ७ का १० जना र वडा न ८ का ५ जना, वडा नं. १ का ४ जना र वडा ६ का २ जनामा कोरोना पुष्टि भएको हो । असोज ८ गते ६९ जनाको स्वाब संकलन गरिएको थियो । कारोना संक्रमितलाई टीकापुरस्थित आइसोलेसनमा राखिएको छ । टीकापुरमा मात्र संक्रमितको संख्या २७ पुगेको छ ।