आइतवार, मंसिर १४, २०७७ / Sunday 29th November 2020

२ समूहबीच झगडा हुँदा १ युवाको मृत्यु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको जानकी गाउँपालिका ५ अमौरीमा बिहीबार राति साढे १० बजे २ समूहबीच झगडा हुँदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।
लम्की चुहा नगरपालिका वडा न ३ घर भएका वर्ष २२ का भरत तिमिल्सेनाको उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए । दुई समूहबीच भएको झगडामा घाइते भएका तिमिल्सेनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरिएको थियो । उनलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुगाउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।घटनामा संग्लग्नको आशंकामा जानकी गाउँपालिकाका मानबहादुर चौधरी, केशव टमटा र समर चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *