खजुरामा केसी र नेपालगन्ज-१८ मा गिरी किशोरी क्लब अध्यक्ष
नेपालगन्ज : बाँकेमा वडालाई बालविवाह मुक्त गराउन किशोरी क्लबको सक्रियताका लागि वडादेखि पालिका स्तरमा धमाधम क्लब गठन भइरहेका छन् ।
खजुरा गाउँपालिकामा चेतना क्षेत्री अध्यक्ष रहेको १७ सदस्यीय किशोरी क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा अस्मिता श्रेष्ठ, सचिव तरन्नुम खाँ र कोषाध्यक्षमा दीक्षा तामाङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा आँचल थापा, रक्षा घर्ती मगर, सिर्जना गिरी, प्रमिलाकुमारी यादव, भीमसरा सुनार, सम्मुल बराँ खान, नुरसत जहाँ खान, प्रश्ना थापा, कञ्चन गिरी, साल्मा जसगढ, रविना शेष र सपना बोहरा रहेका छन् ।
त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका–१८ मा गठन गरिएको वडा स्तरीय किशोरी क्लबको अध्यक्षमा नेलिशा गिरी चयन भएकी छन् । श्री माध्यमिक विद्यालय लग्दहवामा बिहीबार सम्पन्न भेलाले उपाध्यक्षमा सोनम रैदास, सचिव सिर्जना खड्का, सह–सचिव भावना बुढा र कोषाध्यक्षमा पुष्पा धोबी चयन भएकी हुन् । क्लबको सदस्यमा सोनी ठाकुर, ममता सिंह ठकुरी, रेखा रैदास, सुनिता रोकाय, मनिषा गोडिया, रेखा रैदास, ललिता रावत, पूजा शाही, दिलमाया रोकाय, सुनिता सोनकर, शिवानी वर्मा, अमृता सोनकर, सीमा चालिसे, स्मृति थापा, सम्झना खड्का र राजकुमारी विक चयन भएको स्याकका फिल्ड सुपरभाइजर अर्मिला रोकायले जानकारी दिइन् ।
त्यसैगरी, प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले सञ्चालन गरेको बालविवाह रोकथाम परियोजनाले नेपालगन्ज–१८ मा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । कारकाँदोस्थित श्री माध्यमिक विद्यालयमा बालविवाहविरुद्ध आयोजना गरेको निबन्ध प्रतियोगितामा पूजा चौलागाई प्रथम, उषा चौधरी दोस्रो, पुष्पा धोबी तेस्रो र सुनिता रोकायले सान्तवना पुरस्कार पाएका थिए । प्रतियोगिताको विजेतालाई श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपककुमार चेम्जोङ, अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल, स्याकको बालविवाह रोकथाम परियोजनाका बरिष्ठ परियोजना अधिकृत विनिता आरसी र बरिष्ठ लेखा अधिकृत दिनेश ज्ञवालीले पुरस्कार वितरण गरेको स्याकका फिल्ड सुपरभाइजर अक्लिम खानले बताए ।