चितुवा आक्रमणमा ५ वर्षमा १५१ कृष्णसारको मृत्यु

कृष्णसार संरक्षण क्षेत्रमा चितुवाको आक्रमणबाट मृत्यु भएको कृष्णसार । फोटो सौजन्य : कृष्णसार संरक्षण क्षेत्र कार्यालय, खैरापुर

खैैरापुर (बर्दिया) : बर्दियामा चितुवा आक्रमणबाट ५ वर्षको अवधिमा डेढ सय कृष्णसारको मृत्यु भएको छ ।
गुलरिया नगरपालिकाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा ०७४ सालदेखि चालु आर्थिक वर्षको पुस तेस्रो सातासम्म एक सय ५१ कृष्णसारको चितुवाको आक्रमणबाट मृत्यु भएको संरक्षण क्षेत्रका रेञ्जर मनराज लामा मोक्तानले जानकारी दिए । ५ वर्षको अवधिमा कूल दुई सय ७६ कृष्णसारको मृत्यु भएकोमा चितुवा आक्रमणमा ५५ (५४.७१) प्रतिशत भएको हो । हुँडार, कुकुर, कालगति, बाढी र अन्य कारणबाट एक सय २५ कृष्णसारको मृत्यु भएको कृष्णसार संरक्षण क्षेत्रले जनाएको छ । ०७४ सालमा ३९, ०७५ मा ४३, ०७६ मा २०, ०७७ मा २९ र ०७८ मा २० वटा कृृष्णसारको मृत्यु भएको छ ।