विश्वासिलो सहकारीमा खनाल नेतृत्वको प्यानलको जित

प्रदेशकै नमूना सहकारीको रुपमा विकास गर्ने हाम्रो संकल्प पूरा गर्नेछौं :  नवनिर्वाचित अध्यक्ष खनाल

मढेला (बर्दिया) : बर्दियाको सबैभन्दा ठूलो सहकारी विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा चित्रप्रसाद खनाल प्यानल निर्वाचित भएको छ ।
सहकारीको शनिबार सम्पन्न २५औं साधारणसभाको सोमबार दिउँसो सम्पन्न मतगणनामा विना भट्टराईलाई ८ सय ५० मतको अन्तरले खनाल अध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचन अधिकृत कलमबहादुर शाहीका अनुसार खनालले ३ हजार ५६ मत र भट्टराईले २ हजार २ सय ६ मत ल्याएका थिए । अध्यक्षका अर्का उम्मेदवार धर्मराज रिजालले १ सय २६ मत ल्याएका थिए ।
त्यसैगरी उपाध्यक्ष पदमा खनाल प्यालनकै शिवलाल खत्रीले १ हजार ७ सय ९१ मत अन्तरले जितेका छन् । खत्रीले ३ हजार २ सय ६४ र उनकी निकटतम् प्रतिद्वन्द्वी सरस्वती थारु सिंहले १ हजार ४ सय ७३ मत ल्याएकी छन् । सबैभन्दा धेरै मत अन्तर भने सचिव पदमा २ हजार ३ सय ४१ भएको छ । विजेता विजया खनालले ३ हजार ५ सय २७ मत ल्याउँदा प्रेमकुमार योगीले भने १ हजार ३ सय ८६ मत पाएका छन् । कोषाध्यक्षमा सरिता चौधरी १ हजार ४ सय ९६ मतको अन्तरले विजयी भइन् । चौधरीले ३ हजार १ सय २४ मत र उनका प्रतिद्वन्द्वी शिशु शाहले १ हजार ६ सय २८ मत ल्याए । त्यसैगरी खुला सदस्यमा गंगा थारुले १ हजार ६ सय ४३ मतको अन्तरले विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी देवीदत्त गौतमले १ हजार १ सय ५१ र शिवकुमार पोखरेलले ४ सय ६० मत ल्याएका थिए ।
निर्वाचन अधिकृत शाहीका अनुसार १२ हजारभन्दा बढी मतदाता रहेकोमा ६ हजार २ सय ३७ मत खसेको थियो । जसमध्ये २ सय ६२ मत बदर भएको थियो । ठाकुरबाबा नगरपालिका ८ मढेला केन्द्रीय कार्यालय रहेको सहकारीले ५ वटा स्थानीय तह ९ठाकुरबाबा, मधुवन, बारबर्दिया, राजापुर नगरपालिका र गेरुवा गाउँपालिका० का १२ वटा मतदान स्थलका २६ केन्द्रका एकसाथ शनिबार निर्वाचन भएको थियो ।
नवनिर्वाचित अध्यक्ष खनालले सबै पक्षलाई समेटेर सहकारीलाई प्रदेशकै नमूना बनाउने प्रतिबद्धता जनाएका छन् । उनले मेरो खुसीसँग भने, ‘शेयर सदस्य र कर्मचारीको सुझाव र सहयोगबाट हाम्रो संस्थालाई प्रदेशकै नमूना सहकारीको रुपमा विकास गर्ने हाम्रो संकल्प पूरा गर्नेछौं ।’