बाँकेमा पत्रकारले पनि लगाए कोरोनाविरुद्ध खोप

भेरी अस्पताल परिसरमा कोरोना खोप लगाउँदै अन्नपूर्ण पोस्ट् दैनिकका प्रेम केसी

नेपालगन्ज : बाँकेका पत्रकारले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान १० बजेदेखि पत्रकारलाई खोप लगाएको हो । पत्रकारले खोप लगाउन आफू पत्रकार भएको परिचयपत्र अनिवार्य गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दोस्रो चरणको खोप अन्तर्गत २ फागुनदेखि ८ फागुनसम्म जिल्लामा सबै निकायका सरकारी कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र जनप्रतिनिधि गरी ५ हजार ५ सय ८६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

कोरोना खोप लगाउँदै पत्रकार आलम खान