भारतको महाराष्ट्रबाट आएका दैलेखका पुरुषमा कोरोना पुष्टि
नेपालगन्ज : सीमा नाका जमुनाहामा कोरोना एन्टिजिन परीक्षण गर्दा भारतको महाराष्ट्रबाट आएका दैलेखको आठवीसकोट –८ का ३४ वर्षका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार जमुनाहा नाकामा अहिलेसम्म करिव ३ सय जनामा कोरोना एन्टिजिन परीक्षण ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि हुनेमा रोल्पा, बर्दिया र दैलेखका एक/एक जना रहेका छन् । १३ चैत्रमा गुजरातबाट आएका रोल्पाका पुरुषलाई पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दोस्रो दिन १४ चैत्रमा महाराष्ट्रबाट आएका बर्दियाका ४१ वर्षका पुरुषलाई कोरोना भएको थियो । जमुनाहा नाकामा ११ चैत्रमा हेल्थ डेक्स स्थापना गरी कोरोनाको उच्च जोखिम रहेको भारतबाट आएका शंकास्पद व्यक्तिलाई एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण भइरहेको छ ।