नगर प्रमुखले राणाले दिए ५० हजार सहयोग
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाले शिव सेना नेपाल र मानव धर्म सेवा समितिलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
आइतबार मानव धर्म सेवा समितिको नेपालगन्जको कारकाँदोस्थित कार्यालय पुगेर डा. राणाले समिति प्रमुख नन्दनी वाइजी र शिव सेना नेपालका राजकुमार रौनियारलाई रकम हस्तान्तरण गरेका हुन् । यो रकम नेपालगन्जको दशगजा को क्वारेन्टाइनमा रहेका एक सय ८१ जनालाई साँझको खानाको व्यवस्था गर्नेछन् । समितिले सोमबार नै साँझको खाना खुवाउने जनाएको छ ।
नगर प्रमुख डा.ले यसअघि हरेक महिनाको तलब भत्ता बराबरको ५० हजार रुपैयाँ सहयोग गर्दै आएका छन् । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुको सेवा सुविधा रोक्ने निर्णय गरेपछि चार महिनादेखि राणाले पनि तलब पाएका छैनन् । यसअघि तलबभत्ताबाट सहयोग गरिरहेका नगर प्रमुख राणाले यस पटक भने व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।