भारतमा कोरोनाबाट ३१३ को मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) बाट भारतमा तीन सय १३ जनाको मृत्यु भइसकेको छ ।
सोमबार मध्यान्न १२ः३४ बजेसम्म भारतमा कोरोना संक्रमितको संख्या ९ हजार दुई सय ४० जना संक्रमित भएका छन् । २४ घण्टामा ३५ नयाँ केश भेटिएका छन् । विश्वमा कोेरोनाबाट साढे १८ लाख जना संक्रमित भएकामध्ये एक लाख १४ हजार दुई सय ९१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा मात्र २२ हजार एक सय १५ को मृत्यु भइसकेको छ ।