संक्रमण नघटेपछि बाँकेमा २७ गतेसम्म निषेधाज्ञा थपियो

 

नेपालगन्ज : बाँकेमा जारी निषेधाज्ञा २७ गतेसम्मका लागि थप गरिएको छ ।
वैशाख १३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएकोमा संक्रमण नघटेपछि वैशाख २७ गते राति १२ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयले एक सूचना जारी गरी कोरोना संक्रमणको साङ्लो तोडन भन्दै निषेधाज्ञा जारी गरिएकोमा संक्रमण दरमा कमी नआएका कारण आदेशलाई निरन्तरता दिइएको जनाएको छ । यसअघि बैंकका सेवा समेत पूर्ण रुपमा बन्द रहेकोमा अब सिमित संख्याका कर्मचारीद्वारा दैनिक ३ घण्टा सञ्चालन गर्ने गरी बैंक खोल्न पाइने भएको छ ।
संक्रमण बढेपछि वैशाख ९ गतेदेखि नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता संक्रमण जिल्ला भरी फैलिन थालेको भन्दै बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म एक सय ३७ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएका १२२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।