बर्दियाका ३० पत्रकारलाई मास्क र सेनिटाइजर सहयोग

गुलरिया : बर्दियाका पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारीले कोरोना कहरमा अग्रपंक्तिमा खटिने ३० जना पत्रकारलाई मास्क र सेनिटाइजार वितरण गरेका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष यमनाथ घिमिरे र महासंघ बर्दिया शाखा अध्यक्ष यादवप्रसाद आचार्यले सम्पूर्ण पत्रकारहरुलाई सुरक्षित भएर सूचना प्रवाह गर्न आग्रह गरेका थिए ।