बिएनएमटी नेपालद्वारा बाँकेका ८ स्थानीय तहलाई ६ लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग
नेपालगन्ज : विराट नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी) नेपालले बाँकेका ८ स्थानीय तहलाई ६ लाख रुपैँया बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बिएनएमटी नेपालका जिल्ला कार्यक्रम संयोजक राजेशकुमार यादवले कोभिड–१९ नियन्त्रणको लागि बुधबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामग्रीमा पीपीइ सेट एक सय ७० थान, केअन ९५ माक्स एक हजार वटा, फेससिल्ड पाँच सय ७४ वटा, इक्जामिनेशन् ग्लब्स ७० प्याकेट, हेन्ड सेनिटाइजर एक हजार वटा, हाइजीन किट एक सय १० थान र सर्जिकल माक्स दुई सय ७५ प्याकेट रहेका छन् । बाँकेमा क्षयरोग नियन्त्रणको काम गर्दै आइरहेको बिएनएमटी नेपालले भेरी अस्पतालमा एक जना ल्याव टेक्निसियन उपलब्ध गराएको कार्यक्रम संयोजक यादवले जानकारी दिए ।