किशोरीहरुलाई सन्चार सीप तालिम

जानकी (बाँके) : जानकी गाउँपालिकाका किशोरी क्लबका पदाधिकारीहरुलाई सन्चार सीप तालिम दिइएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपालले सन्चालन गरेको बाल विवाह रोकथाम परियोजना अन्तर्गत जानकी गाउँपालिकामा गठन गरिएको सिर्जनशील किशोरी क्लबका पदाधिकारीहरुलाई शुक्रबार सन्चार सीप तालिम दिइएको हो ।
अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक शंकरप्रसाद खनालले किशोरीहरुलाई बाल विवाहका मुद्दामा कसरी सरोकारवालाहरुबीच सन्चार गर्ने भन्ने विषयमा सहजीकरण गरेका थिए । तालिममा किशोरीहरुले आफ्नो पालिकामा रहेका सरोकारवालाहरुको पहिचान गरेका थिए । उनीहरुले बाल विवाह रोकथाम गर्न आयोजना गरेका कार्यक्रम कसरी मिडियामार्फत सार्वजनिक गर्ने भन्ने विषयमा सिकेका थिए । सहभागीहरुको चार समूह बनाएर किशोरी क्लबका गतिविधिको प्रेस विज्ञप्ती लेखनबारे अभ्यास गरेका थिए । यसअघि बिहीबार मन भण्डारीले उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्याक नेपालका सामाजिक परिचालक अर्मला रोकायले किशोरीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उर्तान आग्रह गरेकी थिइन् । तालिममा सिर्जनशील क्लबमा आबद्ध २५ जना किशोरीको सहभागिता रहेको थियो ।