उद्योग वाणिज्य संघमा कोरोनाका लागि कोष

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरसका लागि दुई लाख १५ हजार रुपैयाँको विपद्कालीन राहात कोष स्थापना गरेको छ ।

कोषमा संघले एक लाख एक हजार एक सय ११, संघका पदाधिकारी र सदस्यहरुबाट एक लाख १४ हजार ६ सय रुपैयाँ संकलन गरिएको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए । संघले कोष वृद्धि गर्न सहयोेगका लागि संंघसंस्थाहरुसँग आग्रह पनि गरेको छ । कोषको रकम कोरोना भाइरसविरुद्धका कार्यक्रममा खर्च हुनेछ ।