कोरोनासँग जुध्न नाडी शोधन प्राणायाम

कोरोना भाइरसले फोक्सोमा संक्रमण गर्ने भएकाले यसबाट जोगिन पनि नाडी शोधन एउटा उत्तम विधि हुनसक्छ

 

द आर्ट अफ लिभिङका योग प्रशिक्षक रक्षिका केसी

व्यस्त जीवनशैलीले हामी योग ध्यानका लागि समय दिन सकिरहेका छैनौं । योेग ध्यान त हाम्रो जीवन पद्दतीको अभिन्न पाटो नै हो । नोबेल कोरोनाको संक्रमणबाट जोगिन हामी अहिले होम क्वारेन्टाइनमा छौं । अर्थात फुर्सदमा भएका छौं । अब हामी कोरोनाबाट जोगिनका लागि रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न योगाबाट दैनिकी सुरु गर्र्नसक्छौं । हामी जागिर खान्छौं तर जागिरले हामीलाई खाइरहेको पत्तो पाइरहेका छैनौं । त्यसैले अब आफ्ना लागि कम्तीमा आधा घण्टा समय छुट्टाएर योग गर्ने बानी बसालौं । मेरो खुसी डट कमले तपाईलाई योग र ध्यानबारे क्रमशः जानकारी दिनेछ ।

दिनको सुरुवात
घाम नझुल्कँदै उठौं । उठ्ने बित्तिकै एक ग्लास मनतातो पानी पिउने गरौं । आवश्यकता अनुसार पानीको मात्रा बढाउन सक्छौं । बरिष्ठ आयुर्वेदिक चिकित्सक डा.अनिलकुमार चौधरीका अनुसार मनतातो पानी हाम्रो शरीरको विकार बाहिर फाल्नका लागि मद्दत गर्छ । डा.चौधरी भन्छन्, ‘मन तातो पानीले ब्लड, लिभर, आन्द्रा, नसामा भएको फ्याट बाहिर फाल्न मद्दत गर्छ । दिशा खुलाउँछ । कफको समस्या ठीक हुन्छ । मुख र दाँतको ब्याक्टेरिया पनि घटाउँछ ।’
शरीरको तापक्रम अनुसार तातो पानी खान सुझाव दिन्छन्, द आर्ट अफ लिभिङका योग प्रशिक्षक अच्युतराज गौतम । चिया खाए जस्तै धेरै तातो पानी खाँदा शरीरलाई बेफाइदा पनि हुनसक्छ । ‘तातो पानी खाने एक मात्र सिद्धान्त शरीरको तापक्रम अनुसारको पानी खाने हो । मनतातो बनाउँदा पानी नैै स्वच्छ हुने भयो । यसले पाचन प्रक्रियामा पनि मद्दत गर्छ’, प्रशिक्षक गौतम जोड दिन्छन्, ‘बाहिरी शरीर त हामी विभिन्न रुपमा सफा गर्न सक्छौं । शरीरका सबै आन्तरिक अंगहरुको सफाइ त मनतातो पानीबाट मात्र गनसक्छौं । यो शरीर सफाइको प्राकृतिक उपाय पनि हो । जुन सरल र सर्वसुलभ पनि छ ।’ मनतातो पानीमा कागती वा जिराको धुलो वा मह वा बेसारको धुलो राखेर पनि खान सकिन्छ । नित्यकर्म गर्नु अघि मनतातो पानी पिउँदा कब्जियतको समस्या छ । दिसा खुल्दैन भने नियमित हुनेछ । नुहाएर योगा सुरु गर्नु अझ उत्तम मानिन्छ ।

योगाशन गर्नुअघि
योगाशन वा प्राणायामहरु गर्नुअघि कम्तीमा ५ देखि १० मिनेटसम्म जगिङ गर्नुपर्छ । जगिङ सुरुमा विस्तारै विस्तारै गरौं । क्रमशः गति बढाउँदै जाउँ । गीत बजाएर हामी नाँच्न पनि सक्छौं । ‘जो बढी नाँच्छ, ऊ बढी बाँच्छ’ भन्ने त उक्ति नै छ । राति सुतेर उठ्दा शरीर योग गर्न अनुकूल हुँदैैन । योग प्रशिक्षक गौतम जगिङ जस्तो सुक्ष्म व्यायामले प्राणायाम गर्नका लागि वातावरण तयार गर्ने बताउँछन् । ‘जगिङबाट शरीर खुकुलो र लचकदार हुन्छ । ब्लड सर्कुलेशन पनि ठीक हुन्छ । त्यसपछि प्राणायामहरु गर्दा सहज हुन्छ’, उनको सुझाव छ ।
जगिङ पूरा भएपछि शरीरका सबै जोर्नीहरुलाई चलाउनु पर्छ । शरीर तन्काउने गर्नुपर्छ । हातबाट सुरु गरौं । त्यसैगरी खुट्टाका जोर्नी पनि चलाउँ । घुँडा अलि कति खुम्चाएर गोलो गोलो घुमाउँ । घाँटी दायाँबाट बायाँ र बायाँबाट दायाँ घुमाउँ गोलो गोलो घुमाउँ । टाउको तलमाथि गरौं । कम्मर पनि गोलो गोलो घुमाउँ । उठ बस गरौं । टाउकोमाथि हात राखेर टाउको छालालाई पनि दायाँबाट बायाँ र बायाँबाट दायाँ घुमाउ । मुहारमा मसाज गरौं । निधार, आँखा, गाला, मुख, चिउडो सबैमा मसाज गरौं । मुख ठूूलो ठूलो गरेर खोलौं । दाँतलाई दायाँ र बायाँतिर मोडौं । आखाँ पनि क्रमशः दायाँ र बायाँ कर्के नजरले हेरौं । चर्को स्वरमा हँ आवाज पनि निकालौं । आवाज निकाल्दैै उप्र्रmेर घरको शिलिङ छुने प्रयास गरौं । आयुर्वेदिक चिकित्सक चौधरी ‘योगाशन भन्दा अघि गरिने एक्ससाइजले ब्लड सर्कुलेशन बढ्ने र शरीरका विभिन्न भागमा अक्सिजन पुग्ने’ दाबी गर्छन् ।

प्राणायाम
हामी तपाईलाई हरेक अंकमा फरक फरक प्राणायामको बारेमा जानकारी दिँदै जानेछौं । यस अंकमा हामी नाडी शोधन वा अनुलोम विलोन प्राणायाम र यसका फाइदाका विषयमा कुरा गर्नेछौं । समाजमा योग सिकाउने विभिन्न अध्यात्मिक सामाजिक संघसंस्थाहरु छन् । उनीहरुले सिकाउने तरिका फरक फरक छन् । हामी सबै संघसंस्थाका योग प्रशिक्षकका माध्यमबाट योगाशनका प्रयोग विधि पनि सिकाउने छौं । कोरोना भाइरसले फोक्सोमा सबैभन्दा पहिले संक्रमण गर्ने भएकाले यसबाट जोगिन पनि नाडी शोधन एउटा उत्तम विधि हुनसक्छ । नाडी शोधन प्राणायाम नियमित गर्ने ब्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता बढी हुुन्छ र कोरोनासँग पनि जुध्नसक्छ ।

द आर्ट अफ लिभिङका योग प्रशिक्षक रक्षिका केसी

नाडी शोधन वा अनुलोम विलोन प्राणायाम
हाम्रो शरीर पञ्च तत्व (पृथ्वी, जल, अग्नी, वायु र आकास) मिलेर बनेको छ । यी मध्ये सबैभन्दा महत्वपूर्ण तत्व श्वास हो । हामी जन्मिने बित्तिकै श्वास लिन्छौं र मृत्युवरण गर्दा श्वास छोडेर जान्छौं । त्यसैले श्वास नै जीवन हो । हाम्रो शरीरका ९० प्रतिशत विकार श्वासका माध्यमबाट बाहिर निस्कन्छ तर हामीले श्वास लिन बिर्सेका छौं । जसका कारण हाम्रो फोक्सोको ३० प्रतिशत मात्र उपयोग गर्न सकेका छौं । फोक्सोको सक्रियताका लागि नाडी शोधन वा अनुलोम विलोन प्राणायाम गर्नुपर्छ । हाम्रो शरीरमा ७२ हजार नाडीहरु हुन्छन् । यो प्रक्रियाबाट नाडीको सरसफाइ हुन्छ । नाडी शोधन वा अनुलोम विलोनस्वासप्रश्वास प्रक्रियाका लागि निकै उपयोगी प्राणायाम मानिन्छ ।
यो प्राणायाम जहाँ जस्तोसुकै अवस्थामा बसेर गर्न सकिन्छ । पद्मासनमा बसेर नाडीशोधन गर्दा सबैभन्दा प्रभावकारी हुन्छ । पद्मासनमा नसकेमा अद्र्धपद््मासनमा बस्ने । त्यो पनि सम्भव नभए सुखासन अर्थात पलेँटी कसेर बस्ने । कुर्सी वा सोफामा बसेर पनि गर्न सकिन्छ । बायाँ हातको हत्केलालाई चिनमुद्रा (ध्यान मुद्रा) बनाएर आकासतिर फर्काएर तिघ्रामा राख्ने । दायाँ हातका औैंलालाई नाकको प्वाल बन्द गर्न प्र्रयोग गर्ने । योग सिकाउने विभिन्न आध्यात्मिक संस्था पिच्छ्े औंला कसरी प्रयोग गर्ने भन्ने फरक भए पनि हामी द आर्ट अफ लिभिङका योग प्रशिक्षक अच्युतराज गौतमको सुझावलाई अनुसरण गरौं । ‘कान्छी औंलाको कुनै काम हुँदैन, मोडेर राख्ने । चोर औंला र माझी औंलालार्ई आज्ञाचक्र (दुई आँखी भौैको बीच) मा राखौं । बुढी औंलाबाट नाकको दायाँ प्वाल बन्द गर्न र साहिली औंलाबाट नाकको बायाँ प्वाल बन्द गर्न प्रयोग गरौं’, उनी अगाडि भन्छन्, ‘सुरुमा एक पटक दुबै नाकबाट स्वभाविक गहिरो लामो श्वास लिने र पहिले बायाँबाट श्वास छोड्ने । फेरि बायाँबाट श्वास लिने र बायाँ नाकको प्वाल बन्द गरेर दायाँ प्वालबाट श्वास फाल्ने । दायाँबाट फेरि श्वास लिने र बायाँबाट श्वास गर्नुपर्छ । दुबै नाकको प्वालबाट श्वास लिने र फालेपछि एक राउण्ड भएको मानिन्छ । यो नौ राउण्ड गर्र्न सकिन्छ ।’ नाडी शोधन गर्दा कतिपयले आवाज निकाल्ने गर्छन् । नाक बन्द भएको ब्यक्तिको आवाज आउनु स्वभाविक होला तर यो प्राणायाम गर्दा आफैलाई मात्र श्वास लिइरहेको थाहा हुन्छ । अरुलाई थाहा दिनु हुदैन । प्रशिक्षक गौतम जति लामो गहिरो श्वास लिन सक्यो उति नै लाभदायक हुने बताउँछन् । झ्याल ढोका नभएको बन्द कोठामा भन्दा हावा आउने जाने ठाउँमा यो प्रणायाम गर्दा बढी प्रतिफल मिल्छ । बगैंचामा वा नदी वा खोला किनारमा गर्न सक्दा अझ राम्रो हुन्छ । सामान्यतः अधिकांंश योग गराउने संस्थाले बढीमा ५ मिनेट गर्न पर्याप्त हुने बताउँछन् । ओशोधाराका योग प्रशिक्षक आचार्य पुष्कल नेपाल यसलाई १५ मिनेटसम्म गर्न सकिने जानकारी दिन्छन् । उनी नाडी शोधन वा अनुलोम विलोन प्राणायाम फोक्सोको सक्रियताका लागि लाभदायी हुने दाबी गर्छन् ।
‘हाम्रो फोक्सोमा धेरै प्वालहरु हुन्छन् । जुन बन्द भएका हुन्छन् । यो प्राणायामले फोक्सोको प्वालहरु खुलाउने काम गर्छ । जसका कारण हामीलाई फुर्तिलो बनाउँछ । पाचन शक्ति र स्मरण शक्ति पनि बढाउँछ’, नेपालले दाबी गरे । पतञ्जलीका योग प्रशिक्षक गौरीशंकर मण्डल त नाडी शोधन वा अनुलोम विलोन प्राणायाम ब्लड प्रेसर लो हुनेहरुका लागि निकै उपयोगी हुने जिकिर गर्छन् ।
आयुर्वेदिक चिकित्सक डा.चौधरी त नाडी शोधन वा अनुलोम विलोन प्राणायामले दिमाखको कोषहरुलाई सक्रिय बनाउन मद्दत मिल्ने बताउँछन् । उनी भन्छन्, ‘हाम्रो शरीरलाई जति अक्सिजन चाहिन्छ । त्यो छोटो सास लिँदा पर्याप्त हुँदैन । लामो सास लिँदा धेरैै स्वच्छ अक्सिजन शरीरभित्र जान्छ । फाल्नाले शरीरभित्र रहेको फोहोर कार्बनडाइअक्साइड बाहिर जान्छ । कोषहरुको मर्मत सम्भार हुन्छ । जसरी ठूलो हुरी आउँदा बगैंचाको पातहरु उडाएर लैजान्छ । त्यस्तै नाडी शोधनबाट शरीरका बिकार बाहिर फालिन्छ ।’