सांसद नमूनाद्वारा ‘मजदुर सहायता कोष’ स्थापना र सांसद राई नगर सेनिटाइज गर्दै

नेपालगन्ज : बाँकेका प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राई र प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’ कोरोनाविरुद्धको अभियानमा लागेका छन् ।
लकडाउनले ज्याला मजदुरी गरेर खानेहरु सबैभन्दा बढी मारमा परेको भन्दै सांसद ‘नमूना’ ले मजदुरलाई लक्षित गरी ‘कोभिड–१९ सहायता कोष बाँके’ सुरु गरेकी छन् । उनी आपूmले ५० हजार रुपैयाँ राखेर कोषको सुरुवात गरेकी हुन् । बिहीबारसम्म कोषमा तीन लाख रुपैयाँभन्दा बढी संकलन उनले जानकारी दिइन् ।
‘एउटा समिति बनाएर कोष सन्चालन गर्ने र त्यसको सम्पूर्ण खर्चको हिसाब किताब सार्वजनिक गरिनेछ’, सांसद नमूनाले भनिन्, ‘कोषको रकम वितरणको मापदण्ड बनाएर सम्पूर्ण विवरण स्थानीय प्रशासनलाई पनि बुझाइनेछ ।’
कोषमा भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डे र नेपालगन्जको हेल्थ केयर अस्पताल तथा प्रसुती गृहका सञ्चालक तथा स्त्रीरोग विशेषज्ञ डा.कुमार शान शाहले ५०÷५० हजार रुपैयाँ कोषलाई दिएका छन् । त्यसैगरी सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलले ३० हजार, नेकपा नेतृ विजया धिताल र प्रदीप ओलीले २५÷२५ हजार र स्त्रीरोग विशेषज्ञ डा.रोमा बोराले २१ हजार रुपैयाँ दिएका छन् ।
कोषमा कुश्माकर बस्याल, गिरीराज बस्याल, केपी भण्डारी, तेजप्रसाद रेग्मीले १०÷१० हजार र रमेश थापा, मीना ढकाल, मीना मल्लले पाँच÷पाँच हजार रुपैयाँ घोषणा गरेका छन् । कोरियाबाट एक लाख एक हजार एक सय ११ ओन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी अर्का सांसद मोहम्मद इस्तियाक राई तीन दिनदेखि नगरमा कोरोनाविरुद्धको विषादी छर्ने ( सेनिटाइज गर्ने) अभियानमा छन् । नगरका सरकारी कार्यालयदेखि सुर्खेत रोड, बसपार्क रोड, न्यूरोड, घरवारी टोलहुँदै सदरलाइन सबै ठाउँमा सेनिटाइन गरिसकेका छन् । भन्छन्, ‘सुरुमा सार्वजनिक स्थललाई सेनिटाइज गनेछौं । क्रमशः घरघरमा पुगेर गर्ने लक्ष्य छ । अन्तिममा गाउँघरसम्म पुग्ने योजना छ ।’