नेपाल एयरलाइन्सको विमान नेपालगन्ज विमानस्थलमा रनवेदेखि सय मिटर पर चिप्लियो

नेपालगन्ज विमास्थलको रवनेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयर लायन्सको विमान । फोटो : अन्नपूर्ण पोस्ट् डटकम

मेरो खुसी संवाददाता
नेपालगन्ज : नेपाल एयरलाइन्सको कार्गो विमान नेपालगन्ज विमास्थलको रनवेबाट चिप्लिए पनि दुर्घटनाबाट टरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंहका अनुसार काठमाडौंबाट नेपालगन्जका लागि स्वास्थ्यका सामान ल्याएर र स्वाब लिन आएको विमान रनवेदेखि चिप्लिएर दक्षिणमा सय मिटर टाढा घाँसे मैदानमा पुगेको हो ।
विमानमा रहेका नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका दुई जना डाक्टर, दुई जना विमान चालक र एक जना एयर होस्टेल सबै सकुशल छन् । विमानमा सामान्य क्षति मात्र पुगेको छ । विमान खजुरा क्यान्सर अस्पतालको आइसोलेसनको सामान ल्याउन र कोरोना संक्रमितको स्वाबको नमूना लैजान प्रयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *