सेती अस्पतालको आइसोलेशनमा थप ११ जनाको उपचार हुँदै

मेरो खुसी डेक्स
नेपालगन्ज : राजधानी बाहिर पहिलो पटक एक जनामा कोरोना संक्रमण भेटिएको कैलालीको धनगढीस्थित सेती प्र्रादेशिक अस्पतालको आइसोलेशनमा थप ११ जनाको उपचार भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार आइसोलेशन वार्डमा उपचार गर्न उपचार गर्न आएका १९ जनामध्ये ११ जना अझैं उपचारार्थ भर्ना भएका छन् । ८ जना भने उपचारपछि डिस्चार्ज भएर फर्किसकेका छन् । अस्पतालले काठमाडौंको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्न पठाएको थ्रोट स्वाबमध्ये अझै १० जनाको रिपोर्ट आउन बाँकी नै छ । यस अघि ८ जनाको रिपोर्ट भने नेगेटिभ भेटिएको थियो ।
मेसु पाण्डेले कोरोना संक्रमित व्यक्तिको उपचारमा कुनै किसिमको कमि नभएको र निजको अवस्था पनि सामान्य नै रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *