ठूलो दुर्घटनाबाट जोगियो : नेपाल एयरलायन्सको विमान (फोटोफिचर)

दुर्घटनाको अनुसन्धान गर्न र नमूना स्वाब लिन अर्को विमान आउँदै

मेरोखुसी संवाददाता

नेपालगन्ज : काठमाडौंबाट नेपालगन्ज आउँदै गरेको नेपाल एयरलायन्सको 9N-AKU विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ । नेपालगन्ज विमानस्थलमा अवतरण गर्नेक्रममा धावनमार्गबाट चिप्लिएर शनिवार दिउसो ११ः३५ मा विमान  क्र्यास ल्यान्ड भएको हो ।
पश्चिम क्षेत्रका विभिन्न जिल्लामा कोरोना भाइरस सम्वन्धी आवश्यक पर्ने किट्स र कोरोना स्वाव परिक्षणका स्याम्पलहरुको रिर्पोट दिने र यहाँ संकलन भएका स्याम्पल काठमाडौं पठाउने प्रयोजनको लागि आउँदै गर्दा अवतरणका क्रममा नेपालगन्ज विमानस्थलमा उक्त विमान धावनमार्गवाट बाहिर गएको थियो । दुर्घटनाबाट विमानको बाँया पखेटा हल्का चर्किए पनि तेल लिकेजलगायत अन्य कुनै पनि क्षति नभएको नेपालगन्ज विमानस्थलले जनाएको छ । ‘ल्याण्ड गर्ने तयारीमा रहेका बेला टच डाउन नहुँदै जहाज टच गर्ने थ्रेसहोल्ड भन्दा ३० देखि ३५ मिटर दक्षिणतर्फ एअरपोर्टभित्रै घाँसे मैदानमा पुग्यो’ नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले भने ‘धन्न ठुलो दुर्घटना हुनवाट जोगियो ।’

जहाजमा दुई चालक, एक परिचालिका र दुईजना डाक्टरहरु गरेर ५ जना सवार रहेको र सबै सकुसल रहेको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । विमान रनवेभन्दा करिव ३० नेपालगन्जदेखि ३५ मिटर टाढा भएको हुँनाले अर्को जहाँज अवतरणका लागि कुनै समस्या नहुँने बताइएको छ ।

दुर्घटनाको कारणवारे बुझ्न र नमूना स्वाव लिन काठमाण्डौबाट नेपाल वायु सेवा निगमको इन्जिनियरिंग टोलि र नागरिक उड्यन प्राधिकरणको सुरक्षा टीम आउने तयारीमा रहेको र अनुसन्धानपछि वास्तविक कारण पत्ता लाग्ने प्रमुख ठाकुरको भनाई छ ।

जहाजलाई अहिले प्रहरीले सुरक्षा दिएर राखेको छ । जहाजमा पाइलट कुल बहादुर लिम्बु (केबी), को-पाइलट महेश पाण्डे, एअर होस्टेज किरण आचार्य र भेरी अस्पतालका डा सन्देश देवकोटा र नेपालगन्ज मेडिकल कलेजका डा. प्रवेश पन्त सवार रहेका थिए । ती सबै सकुसल रहेको नेपालगन्ज विमानस्थलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *