नेपालगन्जमा खुल्यो सुपथ मूल्य पसल

मेरो खुसी संवाददाता
नेपालगन्ज : नेपालगन्जको सुर्खेत रोडमा अत्यावश्यक खाद्यान्नका लागि शनिबारदेखि सुपथ मूूल्य पसल खुलेको छ ।
के.एल. दुगड ग्रुपद्वारा उत्पादित खाद्य सामग्री द चेम्बर अफ कमर्स बाँकेले नेपालगन्ज वडा नं १२ को समन्वयमा वेस्टर्न कम्प्लेक्समा बेच्न सुरु गरिएको वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए । पसल बिहान १० देखि १२ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म सन्चालन हुनेछ । सामग्री लिन आउँदा उपभोक्ताले २ मिटरको सामाजिक दूरी कायम गर्न भनिएको छ । आवश्यकताभन्दा बढि सामान खरिद नगर्ने, जस्ता विधि अपनाउनुपर्नेछ । पसलमा खाद्यान्नका सम्पूर्ण सामाग्रीहरु पाइनेछ ।